२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सांसदहरुले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् ।

कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीको हस्तक्षेपमा दजर्नौ घाइते भएको र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको उल्लेख गर्दै आजको प्रतिनिधि सभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले सरकारसँग सबै घाईतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दजर्नौ घाइते भएर ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु ।’
उनले महानगर प्रमुख बालेन शाहले पपुलर बन्ने नाउँमा व्यवसायीमाथि अन्याय गरेको उल्लेख गर्दै न्यायका लागि व्यवसायीको पक्षमा आफू उभिने बताए ।

यस्तै, सिंहले प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री रवि लामिछानेले समेत जवाफ माग गरे ।
उनले भने, ‘कवाडी संकलक र व्यवसायीमाथि प्रहरीले जुन ढंगको हस्तक्षेप गरेको छ, लोकतन्त्रको मजाक देखा पर्यो सभामुखज्यु । संवैधानिक हक र शान्ति सुरक्षाको जिम्मा लिएको राज्य जसले हरेक नेपालीको जिउ धनको सुरक्षाको जिम्म लिएको छ उनिहरुको सुरक्षा गर्नुपर्नेमा, माग सम्बोधन गर्नुपर्नेमा कानूनी राज्यको प्रत्याभूति गराउनुनको सट्टा लाठि चार्ज गरेर के सन्देश दिन खोजेको हो ? मान्य गृहमन्त्रीको जवाफ चाहान्छु ।’

उनले कवाडी व्यवसायी र संकलकको आन्दोलनमा गृहमन्त्रालयले बल प्रयोग गरेको उल्लेख गर्दै थप भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुन्छ कि हुँदैन ? आन्दोलनमा जुन ढंगले बल प्रयोग भएको छ यसले विभिन्न प्रश्नहरु खडा भएको छ । उनीहरुमाथिको बल प्रयोग सामान्य होइन, गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।