काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ ।
यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो ।
त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो ।