२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् ।

Vivo Y28
Daraz

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ ।

पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ । उनी जिल्ला अदालत ललितपुरको आदेशले ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यस्तै वीरेन्द्रसंिह साउदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।