२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा क्रियाशील कांग्रेस निकट नेविसंघ क्याम्पस इकाई समितिका सभापतिहरुले इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका छन् ।

पोखरा र काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका हुन् । युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एनसिआईटी कलेजका सभापति टिकेश भट्ट, एभरेष्ट कलेजका सभापति प्रजितअधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै ध्यानकर्षण गराएका हुन् ।

Vivo Y28
Daraz

उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका जानकारी दिए । नयाँ ईन्जिनियरिङ्ग लाइसेन्स परीक्षाको फर्म यहि मिति २०८१ असार ०७ गतेसम्म तोकिएको छ । देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजायर नै छ । परीक्षामा सहभागी हुन सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न समय लाग्ने गर्दछ । यस विषयलाई ध्यानै नदिई नेपाल ईन्जिनियरिङ काउन्सिलले प्रकाशित गरेको निर्णय खेदजनक छ ।
विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गराउने काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाही हो । तसर्थ निर्णय सच्चाएर थप म्याद थपगरी विद्यार्थीलाई परीक्षा दिने अवसर दिइयोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।

मागहरुलाई वेवास्था गरेको खण्डमा वा २४ घण्टाभित्र उक्त निर्णय नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल काउन्सिल र पोखरा विश्वविद्यालयविरुद्द थप सर्घषका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन ।
काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएको र त्यसको मुख्य कारक पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रक नतिजा प्रकाशित भएपछी पनि आफ्नो कर्तव्यबाट भाग्दै आफूखुशी बिदामा बसेर सम्पुर्ण विद्यार्थीको भविष्य अन्योलमा पारेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एनसीआईटी कलेजका सभापति टिकेश भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।