२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताएका छन् । शुक्रबार योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘समाजमा थुप्रै विकृतिहरु आएका छन् । अबको दिनमा हतियारले मान्छेलाई नियन्त्रणमा लिन सक्दैन । योगले मात्रै मान्छेलाई स्वनियन्त्रणमा राख्दछ ।’ मानिसको असल आचरण निर्माण गर्न र स्वस्थ जीवनका लागि योग महत्वपूर्ण रहेको अध्यक्ष ओलीको भनाइ छ ।

Vivo Y28
Daraz

योग एउटा शास्त्र र दर्शनमात्र भएको उल्लेख गर्दै ओलीले योगमा गलत आचरण र व्यवसायिक स्वार्थ मिसिन दिन नहुने बताए । उनले भने, ‘हामीले समाज सुधारका लागि योग आवश्यक छ । यसमा गलत र व्यवसायिक स्वार्थ मिसिनु हुँदैन । समाजमा रहेका विकृतिहरुलाई प्रवचन र योगबाट मान्छेमा रहेका सोचहरु लयमा ढाल्न सक्छौं ।’
योगका लागि आसन र प्राणायम मात्र नभइ व्यवहारमा लागु हुने आचरण नै योग भएको समेत अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।