२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भने, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भैरहेको छ ।’यस्तै दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिए ।

Vivo Y28
Daraz

‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्यौं । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुप¥यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुंगाउन आग्रह गरेको छु । मलाई विस्वास छ सकारात्मक ढंगले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भने । क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।