२०८१ असार ३१ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षा मापन केन्द्रमा भारी वर्षा भएको विभागले उल्लेख गरेको छ । विभागले उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने भू–भागहका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ ।

दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र र ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको जनाउँदै दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षा भएकाले खुदी खोलालगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ । दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

राती कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।
पछिल्लो चौविस घण्टामा धरान वर्षा मापन केन्द्रमा ३५ दशमलब ६ प्रतिशत वर्षा मापन भएको छ । यस्तै, पोखरामा २९ दशमलब ५, विरेन्द्रनगरमा २९ दशमलब ४, भैरहवा र सिमरा मापन केन्द्रमा २४ दशमलब २ प्रतिषत वर्षा मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।