२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए ।
राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । विरोध गरेका हुन् ।
कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसंगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताईन् ।

Vivo Y28
Daraz

१५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरिन् । उनले भनिन्,‘हाम्रो राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा आए हौं । हामीलाई राज्यले नीति निर्देशिका चाँडो जारी गरोसु हामी त्यसमा बस्न तयार छौं । र १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर जुन भन्सार दर वृद्धि गरिएको छ । त्यो ५ प्रतिशत कम गरेर पहिला कै दरमा ल्याउनुप¥यो । यो उपभोक्ताको हित विपरीत भएकाले पनि धेरै मारमा पारेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।