२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरीलाई सच्याउने दायित्व समितिको भएको बताएका हुन् ।
सरकारले ल्याएका विधेयकहरु सबै ठिकै छन् भन्ने प्रवृति गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘सरकारले जे जे विधेयक ल्याउँछ, त्यसमा लाल मोहर लगाउने हो भने हामी बैठक बसौं एकै दिनमा छाप लगाएर पठाइदिए हुन्छ । यसमा के–के समस्या, गल्ती, कमजोरी छ त्यसलाई सच्याउँने समितिको दायित्व हो । समितिले सरकारले ल्याएका कुराहरुमा गल्ती छ भने फिर्ता पनि गर्न सक्छ । जे जे सरकारले ल्याएको छ त्यो ठिकै छ भनेर छलफल नै नगर्नु पनि भएन । जे निर्देश छ त्यही अनुसार पालना गर्ने विधिले पनि यो देश बिग्रिरहेको छ ।’

Vivo Y28
Daraz

देश चलाउने जिम्मेवारी समितिहरुको समेत रहेको उल्लेख गर्दै थापाले सरकारले भनेको सबै कुरा मान्नैपर्ने जरुरी रहेको बताए ।
उनले भने, ‘यो देश चलाउने जिम्मेवारी हाम्रो पनि हो, भन्ने कुरा सोच्नु पर्छ । प्रधानमन्त्रीले के भन्छ र मन्त्रीले के भन्छ भनेको भरमा देश चलाउने कुरा पनि ठिक होईन् । यसमा सरकारले ल्याएको कुराभन्दा पनि बढि तपाइहरुको विज्ञता चाहियो । यो मुलुकलाई कसरी अगाडि लाने, कसरी यो मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई पनि सोच्नुपर्छ । यो सरकारको प्रतिनिधित्व गरेका छौ, सबै कुरा सरकारले भनेको कुरा मान्नु पर्छ भन्ने हुदैँन् ।’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नगरिकन समितिबाट विदा नहुने उनको दाबी थियो ।
उनले भने, ‘यो विश्व विद्यालयलाई टेबुल गर्नुपर्छ, यो विद्यालय शिक्षालाई टेबुल नगरेसम्म म यहाँबाट विदा हुन्न । सबै साथीहरुले साथ दिनुभयो भने हुन्छ । मन्त्रीज्यूले पनि यसको लागि समय निकाल्नुपर्छ । एक दिनमा दुइ घण्टा बैठक बसेपछि यो विधेयक कहिले जाने हो, कति वर्षसम्म जाने हो । हामीले यो विधेयकलाई जसरी भएपनि संसदभित्र प्रवेश गराउनु पर्छ ।’

त्यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले पनि काम अनुसार क्षमता भएको व्यक्तिलाई मात्र जिम्मेवारी दिएमात्र समस्याहरुको हल हुन सक्ने बताइन् ।
उनले भनिन्, ‘कुलपति र सहकुलपति बनेर मात्र फरक हुने होइन्, यो काम के हो त्यो काम गर्नको लागि क्षमता के चाहिन्छ भनेर हेरौं । त्यसरी गयौं भने समाधान हुदैँ जान्छ, होइन् भने यसको समाधान हुदैँन् । काम अनुसार मान्छे खोज्ने हो, त्यो मान्छेले त्यो काम गर्न सक्छ कि सक्दैँन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।