काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ ।
सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने सङ्ग बयान लिने काम सकेको हो । लामिछानेलाई अदालतको आदेश बमोजिम कात्तिक २ गते पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले सुरुमा ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि थप ७ दिनको म्याद थप गरिएको थियो । हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि, तिहारको बिदा समाप्त भएपछि उनलाई पुनः अदालतमा पेश गर्ने तयारी कास्की प्रहरीले गरिरहेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा उनी विरुद्द रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । उनलाई अनुसन्धानको लागी रुपन्देही लग्ने पनि तयारी प्रहरीले गरेको छ ।