२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । आजदेखि छठ पर्व सुरु भएको छ । छठको पहिलो दिन आज व्रतालुहरुले नहा खा अर्थात नुहाएर खाने गर्दछ । छठको दोस्रो दिन भोलि बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति कूल देवताको पूजा गरि अरवा अरबाईन (विनानुन हालेको)खानेकुरा खाने चलन छ ।

बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन ।

Vivo Y28

षष्ठीका दिन बिहिबार व्रतीहरूले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ्य अर्पण गर्नेछन । त्यसको भोलिपल्ट अर्थात शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ्य दिई चार दिनको विधि अनुसार छठ पर्व सम्पन्न हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।