काठमाडौँ । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ ।
प्रहरीले उनलाई कात्तिक २ गते पक्राउ गरेको थियो । पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न केहिबेर अघि विमानमार्फत भैरहवा लगिएको हो ।
सुरक्षा व्यवस्था कडा पारिएको छ ।