२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
via – news24nepal.tv

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा न्यायपालिकाको स्वतन्त्र र रक्षाका लागि नागरिक प्रदर्शन गरिएको छ ।

बुधबार साँझ साढे ४ बजे विवेकशील साझा पार्टीले नागरिक प्रदर्शन गरेको हो ।

Vivo Y28

प्रदर्शनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरिएको छ । प्रधानन्यायाधीश जबराले न्यायालयको साख जोगाउन नसकेको भन्दै उनीमाथि अहिले चौतर्फी हमला भइरहेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसनलगायत न्यायालयसँगसम्बन्धित संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन् ।

माइतीघरमा नागरिक आन्दोलनकर्मीले ‘प्रधानन्यायाधीश राजीनामा देउ,’ ‘न्यायाधीशहरु बेञ्चमा फर्क,’ ‘नेताहरु माफी माग’ ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर,’ भन्दै प्रदर्शन गरेका थिए । via – news24nepal.tv

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।