२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

File

काठमाण्डाै – भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन् ।

 

Vivo Y28

प्रदूषणका कारण बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने डाक्टरले बताएका छन् ।

 

साथै, आँखा पिरो हुने र घाँटी चिलाउने असर अहिले देखिएको र त्यस्ता बिरामी आउने गरेको सर गङ्गाराम अस्पतालका डाक्टर धिरेन गुप्ताले जानकारी दिनुभयो ।

 

वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने हुँदा प्रदूषणले दूरगामी असर पार्ने उहाँको भनाई छ । नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।

 

यसका साथै सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालको धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

 

दिल्ली मात्र नभई भारतका अरू सहर पनि अति प्रदूषित सहरमा पर्छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।-Ujjiyaloo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।