२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो ।

 

यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ ।’ करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ ।

 

उनका अनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ ।

 

छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन । विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ ।

 

तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ । जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ । सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ ।

 

तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ । दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ । २०७२ सालमा स्मार्ट सवारी चालक अनुमतिपत्र लागूू भएपछि छपाइ काम निकै सुस्त हुँदै आएको छ ।

 

ग्लोबल टेण्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ । -गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।