काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति भेटिएको छ ।
धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो । यो उपप्रजाती नेपालमा पहिलो पटक हो ।
प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले बताए ।