२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । प्रसौनी गाउपालिकाको आव २०७९/०८० को प्रथम गाउँ सभा तथा गाउपालिकाको एघारौं गाउँ सभा शुरु भएको छ । असार १० गते गाउँ सभा गर्ने कानुनी ब्यवस्था रहेपनी दलहरु र जनप्रतिनिधिहरु बिच रहेका मत भिन्न्ताका कारण सो गाउँ सभा हुन नसकेको गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले जनाए । अध्यक्ष जयस्वालले केही जनप्रतिनिधि का बिच योजनाका बिषयमा असन्तुष्टि रहेकाले त्यसलाई सम्बोधन गरिएको जनाए । गाउँ सभा पास भएपछी आफुहरु सबै मिलेर नमुना गाउपालिका बनाउन सबै जनप्रतिनिधिको उदेश्य रहेको बताएका छन । गाउपालिकाका अध्यक्ष जयस्वालले धेरै पालिकामा जनप्रतिनिधिहरु बिच सहमति नहुदा गाउँ तथा नगर सभा हुन कठिनाइ भएको सर्व बिदित रहेको बेला सबैको चाहना अनुसार गाउँ सभा गरेर बिकास गर्ने बाटो खोल्नु पर्नेमा आफुहरु लागेको बताए । अध्यक्ष जयस्वालले गाउपालिकाको हरेक वडामा ८० लाख सम्म वडाको बजेट सिलिङ्ग दिएको त्यसमा पनि केही वडा अध्यक्ष संतुष्ट नभएकोमा आफुहरु अचम्मित भएको बताए । केवल ब्यक्तिगत स्वार्थमा नलागेर समग्र गाउपालिकाका जनताको हित हुने कार्यक्रम तथा नीति ल्याउन आग्रह गरे । जस्वालले परम्परागत शैली भन्दा पनि नया किसिमको नीति तथा योजना ल्याएको र यसले सबै जनतालाई सम्बोधन गर्ने आफुले बिश्वास लिएको बताएका छन ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले स्वागत मन्तव्य दिदै सबैले आफ्नो र आफ्नो पार्टी को स्वार्थ भन्दा माथी उठेर गाउको बिकासका लागि नीति कार्यक्रम बनाउनु पर्नेमा आग्रह गरे । केशरिले गाउँ सभा गर्न धेरै ढिलो भएको बताउदै गाउ सभा नहुदा आफुहरुले कुनै पनि सेवा दिन नसकिरहेको बताए । कर्मचारीहरु गाउपालिकाको बिकासका लागि यहाहरुले बनाएको नीति कार्यक्रमलाई पूरा गर्न हरेक समय लागि रहन तम्तयार रहेको बताए । प्रसौनी गाउपालिकाले ४८ करोड ४६ लाख ७५ हजारको बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत केशरिले जनाएका हुन ।
गाउपालिका उपाध्यक्ष किरण देबि साह को आदेशानुसार गाउपालिकाका सुचना प्रबिधि अधिकृत राजेश प्रसाद गोश्वामिले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

गाउपालिकाको सभाहलमा आयोजित ११ औ सभामा वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,वडा नम्बर ५ का अध्यक्ष सन्तोश साह,७ का अध्यक्ष ईस्लाम मिया मन्सूर,लेखा अधिकृत प्रेमबाबु प्रसाद सहित वडाका वडा सदस्य गाउँ सभा सदस्यहरु,सन्चारकर्मिहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो । ७ वडा मध्ये ४ वटा वडाको अध्यक्षहरु सभामा अनुपस्थित रहेका थिए । वडा नम्बर ६ का अध्यक्ष बृजकिशोर कुश्वाहाले अहिले सम्म पनि आफुहरु सङ्ग कुनै सल्लाह नै नगरिएकोले आफुहरु गठबन्धन दलका जनप्रतिनिधिहरुले सभा बहिस्कार गरेको आरोप लगाएका छन । तर गाउपालिका अध्यक्ष जयस्वालले कुश्वाहा सहितका केही वडा अध्यक्षहरुले पटक पटक गाउँ सभा गर्ने भनेर लिखित माईनेट सहमती गरेर पनि अन्तिम स्मयमा आएर आफ्नो ब्यक्तिगत स्वार्थ पूरा हुने कुरा राखेर बारम्बार सभा हुन नदिएको आरोप लगाउदै आफुहरु अब सभालाई प्रक्रियामा लग्न सभा शुरु गरेको बताए । जयस्वालले असन्तुष्ट साथिहरुको सारा माग सम्बोधन भएकाले वहाहरु सङ्ग निरन्तर छलफल गरेर बिश्वासमा लिने बताएका छन ।

सभाको सन्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।