२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका छन् । बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न नदी करिडोरमा क्षति पु¥याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले मङ्गलबार रातिको अविरल वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा बाढी र पहिराले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गर्नुभयो । सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्याको समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।