बारा । बारामा सवारी दुर्घटनामा परी एक जना को मृत्यु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२४ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा–१९ का २० वर्षीय बसरूदिन देवान रहेको प्रहरी ले जनाएको छ ।
गए राति करिब ९ बजे नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा२३प ४२६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरी ले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोस्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।