२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ ।

जसमा पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ रानिटार बस्ने २५ वर्षीय राम बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Vivo Y28

सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को.२ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १९ ट्याब्लेट र एभिल १९ ट्याब्लेट सहित सोही नगरपालिका-२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद समेत ६ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले से.४ प २३१६ नम्बरको स्कुटर र लु.६४ प ४५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।