२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ ।

मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौताविपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

Vivo Y28

सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियमबमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कबल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ । कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।