२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ — यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।
‘कम्पनीका कर्मचारीले हाम्रा मजदुरमाथि गुण्डागर्दी शैलीमा हातपात गरे । त्यही गुण्डागर्दीको विरोधमा हामीले चक्काजाम गरेका हौँ,’ नेपाल गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूको आपत्ति छ ।

सोमबार नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।