२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

अब फेसबुकमा पनि ट्वीटरमा जस्तै भेरिफिकेसनको लागि शुल्क तिर्नुपर्ने भएको छ ।

फेसबुकको अभिभावक कम्पनी ‘मेटा’ ले फेसबुकको लागि ‘मेटा भेरिफाइड’ नामक सब्स्क्रिप्सन सेवा आइतबारदेखि सुरु गरेको छ ।

Vivo Y28

यस सेवा अन्तर्गत प्रयोगकर्ताले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्टको लागि मासिक १५ डलरसम्म तिरेर ब्लु चेक मार्क खरिद गर्न सक्नेछन् ।

यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्।

ट्वीटरले हालै मात्र लागू गरेको यो नियम बजारमा सफल हुन सुरु भए लगत्तै फेसबुकमा पनि यो नियम लागू हुन लागेको हो । ट्‍वीटरका मालिक मस्कले नोभेम्बर २०२२ मा प्रिमियम ट्‍वीटर ब्लु सदस्यता लागू गरेपछि यो व्यवस्था सुरु भएको हो।

अब वेब भर्सनका प्रयोगकर्ताले ११.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ भने आईओएस प्रयोगकर्ताले भने १४.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ ।

मेटाले अझै यो सुविधा कहिले अन्य देशहरूमा लागु हुन्छ भन्ने कुरा निश्चित गरेको छैन्। तर जुकरबर्गले चाँडै अन्य देशहरुमा पनि लागु हुने बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।