बाराको सिम्रौनगढ नगरपालिका निवासी गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।
गायक, साहित्यकार एवम् भाषाविद्समेत रहेका ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाकुरलाई भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।