काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन सेवा भोलि सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।
एक सूचना प्रकाशित गर्दै विभागले सोमबार साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी ईडीएलभीआरएस प्रणालीको डेटाबेस सर्भरमा समस्या आउँदा पाँच दिनदेखि सेवा अवरुद्ध छ ।
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत रहेको सरकारी डेटा सेन्टरमा उक्त सर्भर राखिएको छ । डेटाबेस सर्भरमा देखिएको समस्याका कारण सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको हो ।
-TechPana