काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार सेवाप्रदायक आफैँले निकाल्न थालेका छन् । सोमबार बिहानदेखि सबै सेवाप्रदायकको उपस्थितमा अव्यवस्थित तार हटाउन लागिएको हो ।
टेलिफोन, इन्टरनेटलगायत तार सडकछेउको पोलहरूमा अव्यवस्थित रूपमा रहँदा सहरी सुन्दरतामा ह्रास पुर्याएकाले व्यवस्थापन गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्रयोगमा नआएको, गुजुल्टिएको, चुँडिएको र लत्रिएको तार हटाई व्यवस्थित गर्न लागिएको हो ।
काठमाडौंका माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगन्ज, न्युरोड–वसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी क्षेत्रलगायत स्थानका तार व्यवस्थित गरिने प्राधिकरणले जनाएको छ ।