काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो ।