काठमाडौं । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा हालका लागी निःशुल्क शव जलाउन नपाइने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसहित वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल नहुने भएको हो।
पशुपति क्षेत्र विकास कोषका अनुसार ४ वटा मेसिन थप्ने तयारी छ मेसिन थपेपछि मात्रै निर्णय कार्यान्वयन हुने जनाएको छ ।