काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरे पछी उनले फैसला स्वकार्य रहेको बताएका छन्।
चौधरीले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसला स्वकार्य रहेको र पुनरावलोकनको बाटो आफ्ना लागि खुल्ला पनि रहेको बताएका हुन्।
चौधरीले,’मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावलोकनको बाटो हाम्रो लागी खुल्ला छ।’ विज्ञप्ति जारी गर्दै बताएका छन् ।
उनले टिकापुर घटनाको फैसलालाई जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न पनि आग्रह गरेका छन्। उनले आफू अझै न्यायको पर्खाइमा रहेको पनि बताएका छन् ।