काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित १४ जना अभियुक्तलाई थप तिन दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर आज सम्म रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । यद्यपि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो । प्रहरीको माग अनुसार अदालतले अनुमति दिएको छ ।