काठमाडौं । आज मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बोलाएका हुन् । दिउँसो १२ बजे बस्ने मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने छ ।
आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको कार्यक्रम अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।