सरकारले सिँचाइमा प्रयोग हुने विद्युतको महसुलमा छुट दिने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो नीति ल्याइने उल्लेख गरेका हुन् ।
त्यस्तै साना किसानलाई सिँचाइको विद्युत् महसुल नलिने नीति ल्याउने पनि बताइएको छ ।