२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेस्टइन्डिज र जिम्बाब्वेसँगै समूह ‘ए’मा रहेर प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

Vivo Y28

आज सार्वजनिक भएको ड्रअनुसार नेपाल, वेष्टइण्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’मा परेका हुन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन्।

छनोट प्रतियोगिता आगामी असार ३ गते बाट जिम्बाब्वेमा सुरु हुनेछ। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोलीबीच सुपर सिक्समा प्रतिस्पर्धा हुनेछ। शीर्ष २ टिमले विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।