काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
कंसाकारलाई आज सभामुख देवराज घिमिरेले संसद सचिवालय सिंहदरवारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गत चैतमा डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसदबाट हटाएको थियो।