काठमाडौं । सर्पले डस्दा सिन्धुलिमा दुई बालकको मृत्यु भएको छ । दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।
ओछ्यानमा सुतिरहेका बालकलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।