काठमाडौँ । कोसी प्रदेश सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । केहि दिन देखिको निरन्तर आन्दोलनले उग्ररूप लिन थालेपछि प्रदेश सरकारले वार्ताको आह्वान गरेको हो ।
फागुन १७ गते प्रदेश सभाबाट कोसी नाम कायम भएसँगै आन्दोलन निरन्तर भैरहेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मङ्गलवार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।
शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको बताए ।