२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आँशिक देखि सामान्य बदली रही आज सातै प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

Vivo Y28
Daraz

बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण विभागको रहेको छ । भरे राती कोशी  तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने अनुमान विभागको रहेको छ । साथै मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको छ । आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।