२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।


‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८ ः ३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने ।

Vivo Y28
Daraz


राष्ट्रपति पौडेलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आइतबार साँझ कुरा गरेका थिए । त्यसअघि राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।


प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।