२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन्।

Vivo Y28
Daraz

घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ। उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो।

खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए।

आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।