२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Vivo Y28
Daraz

५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण थिए भने उनी काठमाडौं–६ बस्दै आएका थिए । यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरु भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा– ८ बस्ने ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षीय कुमार दमाई परियार र पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि पक्राउ उनिहरुलाई पक्राउन गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।