२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कास्की । कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्।

Vivo Y28
Daraz

रानाभाटको बुधबार बिहान सवा २ र सुनारको शव ३ बजे मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ।

वर्षाका कारण ब्लक र टिनले बनेको तीन कोठे घरपछाडि माटोको ढिस्को खस्दा कोठामा सुतेका दुई जनामध्ये १३ वर्षीया आयुस्मा पहिरोले पुरिएकी थिइन्।

उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुपाटामा दुई कोठाको कच्ची घर पहिरो आएर भत्किँदा तीन वर्षीय बालक पुरिएका थिए। २७ वर्षीय रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। उनको अवस्था चिन्ताजनक छ। अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ।

यस्तै, लमजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेसीसहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका-३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।