२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जुन महिनामा जापानमा भएको ओलम्पिक र पाराओलम्पिक खेलकुद प्रतियोगिताको क्रममा ४५ करोड पटक साइबर आक्रमणको प्रयास भएको तथ्य सार्वजनिक भएको छ । ओलम्पिक खेलको टेलिकम्युनिकेसन र नेटवर्क सुरक्षाको जिम्मा लिएको एनटीटी कर्पोरेसनले ओलम्पिकको दौरान भएको साइबर सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य औंल्याएको हो ।

 

Vivo Y28

तर तिमध्ये कुनै पनि साइबर आक्रमणको प्रयास सफल हुन नसकेको एटीटीले आफ्नो ब्लग पोष्टमार्फत जानकारी दिएको छ । जापानमा भएको ओलम्पिकको क्रममा भएको साइबर आक्रमणको प्रयास सन् २०१२ मा भएको लण्डन समर ओलम्पिकमा भएको भन्दा साढे दुई गुणा बढी रहेको एनटीटीले जनाएको छ ।

ओलम्पिकको नेटवर्क सुरक्षाको लागि २ सय भन्दा बढी साइबर विज्ञ परिचालन गरिएको एनटीटी कर्पोरेसनले जनाएको छ । ह्याकरहरुले विभिन्न नेटवर्क र प्रणालीमा पहुँच पाउनको लागि ओलम्पिकसँग सम्बन्धित जस्तो देखिने विभिन्न वेबसाइट बनाउनुको साथै फिसिङ ई–मेलहरु समेत पठाएका थिए । सोर्स:- Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।