२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
Source:- Techpana

काठमाडौं । नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ (Fonts Aa Keyboard) झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ ।

एक वर्षअघि मात्रै न्यौपानले विकास गरेको यो एप इजरायलको चर्चित एप स्टुडियो जिपो एप्सले ८३ हजार डलर (करिब ९९ लाख ४४ हजार रुपैयाँ) मा खरिद गरेको हो ।

हाल एन्ड्रोइड प्लेटफर्ममा यो एप ३४ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । उनका अनुसार गुगल प्ले स्टोरको पर्सनलाइनसेजन क्याटेगोरीमा यो एप ७० भन्दा बढी देशमा शीर्ष ५० र १५ देशमा शीर्ष २० स्थानमा छ ।

‘एक महिनाअघि मलाई इजरायलको टेल एभिभमा आधारित एप स्टुडियो जिपो एप्सले एप खरिद गर्ने प्रस्ताव गर्‍यो । विभिन्न चरणको छलफलपछि मैले यो एप ८३ हजार डलरमा बेच्ने निर्णय गरें,’ न्यौपानेले टेकपानासँग भने । कार्तिक १ गते (अक्टोबर १८) मा एप बिक्रीको प्रक्रिया टुंगिएको उनले बताए ।

Vivo Y28

काठमाडौं विश्वविद्यालबाट दुई वर्षअघि स्नातकमा जियोम्याटिक्स इन्जिनियरिङ सकाएका न्यौपानेले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यो एप विकास गरेका हुन् ।

न्यौपानेका अनुसार यो किबोर्ड एप विभिन्न देशका १८ भाषामा चलाउन सकिन्छ । नेपालमै बसेर एप डिजाइन, डेभलपमेन्ट र मार्केटिङ गरिरहेका दिनेश छोटो समयमै पोर्चुगिज, स्पेनिस लगायतका विश्वका लोकप्रिय भाषामा किबोर्ड सोलुसन दिन सफल बने ।

हाल एन्ड्रोइड प्लेटफर्ममा यो एप ३४ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । उनका अनुसार गुगल प्ले स्टोरको पर्सनलाइनसेजन क्याटेगोरीमा यो एप ७० भन्दा बढी देशमा शीर्ष ५० र १५ देशमा शीर्ष २० स्थानमा छ ।

‘एक महिनाअघि मलाई इजरायलको टेल एभिभमा आधारित एप स्टुडियो जिपो एप्सले एप खरिद गर्ने प्रस्ताव गर्‍यो । विभिन्न चरणको छलफलपछि मैले यो एप ८३ हजार डलरमा बेच्ने निर्णय गरें,’ न्यौपानेले टेकपानासँग भने । कार्तिक १ गते (अक्टोबर १८) मा एप बिक्रीको प्रक्रिया टुंगिएको उनले बताए ।

सुरूवाती दिनमा सीमित फिचरमात्र उपलब्ध गराएर उनले एप प्रकाशित गरेका थिए । ‘युनिकोडमा आधारित फन्ट आवश्यक थियो, तर त्यतिबेला मेरो पहुँचमा थोरैमात्र फन्ट थिए । फन्ट खोज्दै एपमा थप्न थालें,’ उनले सुनाए ।

उनले आफ्नो एपलाई विशेषगरी दक्षिण अमेरिकी देशबाट बजारीकरण गर्न सुरू गरे । ब्राजिल, चिली, अर्जेन्टिना, मेक्सिकोजस्ता देशका स्पेनिस, पोर्चुगिज भाषी प्रयोगकर्ताका लागि गुगल र फेसबुक एडमार्फत उनले एप प्रवर्द्धन गरे ।

एक वर्षको दौरानमा यो एपलाई १८ भाषामा अनुवाद गर्न न्याैपाने सफल भए । यसपछि प्रयोगकर्ता थप बढ्न थालेको उनको भनाइ छ ।

फ्रिल्यान्सिङ साइटबाट फ्रिल्यान्सर हायर गरी उनले एपभित्र र प्ले स्टोरका लिस्टिङ टेक्स्टको ट्रान्स्लेसनकाे काम गराएका थिए ।

‘सुरूवाती दिनमा दैनिक पाँच सय, एक हजार प्रयोगकर्ता बढेकोमा विस्तारै २५ सय, तीन हजारसम्म प्रयोगकर्ता बढ्न थाले । गत फेब्रुअरीमा एपमा एक दिनमै १४ हजारसम्म प्रयोगकर्ता थपिएका थिए,’ उनले सुनाए ।

एपलाई स्थानीयकरण गर्दा प्रयोगकर्ता बढेको उनको तर्क छ ।

‘लोकलाइजेशनमा ध्यान दिँदा एप थप सफल बन्न पुग्यो । मैले ल्याङ्वेज ब्रान्चिङको काम गरें । ब्राजिल र पोर्चुगलमा बोलिने पोर्चुगिज भाषा समेत फरक-फरक हुँदो रहेछ । अन्य भाषा पनि ठाउँपिच्छे फरक भएका कारण थप लोकलाइनजेशनको काम भयो ।’

यसपछि उनले चाइनिज, रसियन, कोरियन लगायतका भाषा ट्रान्स्लेसन गरी एपकाे बजार बढाउन थाले ।

हाल एपमा आम्दानीको मुख्य स्रोतमा विज्ञापनसँगै ईन-एप पर्चेज (आईएपी) सुरू भएको छ, जहाँ प्रयोगकर्ताले कुनै विज्ञापन देख्न पाउनेछैनन् भने सबै थिम र कस्टमाइजेशन प्राप्त गर्न सक्छन् । साथै प्रो फन्ट र सिम्बोल प्राप्त गर्न सकिनेछ ।

यसका साथै एपमा अटो करेक्सनलगायका सुविधा थप भएका छन् ।

छोटो समयमै एप करोड मूल्यमा बिक्री हुनुलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै उनले यसबाट नेपालको आईटी र एप डेभलपमेन्ट बजारमा उत्साह मिल्ने विश्वास व्यक्त गरे ।

Source:- Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।