२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

Souce:- Google

काठमाडौं । अनलाइन बजार दराजले देशभर आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ । सन् २०१८ मा अलिबाबाको स्वामित्वमा आएपछि दराजले देशव्यापी सेवा विस्तार गर्ने याेजना लिएको छ ।

 

Vivo Y28

कम्पनीले हालै ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा पुगेको जानकारी दिएको छ । साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउन स्थानीयस्तरमै डेलिभरी राइडर नियुक्त गर्ने कम्पनीले जनाएको छ ।

नेपालको विविध भौगोलिक कठिनाइका बाबजुद कम्पनीको सेवा वितरण प्रक्रिया निरन्तर जारी राख्न यस्तो कदम चालिएको दराजले जनाएको छ ।

 

हाल दराजका देशभर १५ वटा डेलिभरी हब छन्। यी हबबाट नै ग्राहकका लागि वस्तु वितरण गरिन्छ ।

 

यसअन्तर्गत बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, भरतपुर, पोखरा, बुटवल, धनगढी, भक्तपुर सल्लाघारी रहेका छन् । त्यस्तै काठमाडौंका पुरानो बानेश्वर, बालाजु, गोपीकृष्ण, न्यू रोड, थसिखेल रसोल्टिमोडमा दराजका डेलिभरी हब छन् ।

 

‘२०१८ सालमा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद सञ्चालन (लजिस्टिक अपरेसन) धेरै आधारभूत थियो । ठूलो रुपमा कार्यभार उठाउनसक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी “दराज एक्सप्रेसको“ रूपमा आफ्नै समाधान निकाल्यो ।’

 

दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रणमार्फत ग्राहकका लागि राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको कम्पनीकाे दाबी छ । Source:- Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।