२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

रियल म्याड्रिडका लागि पहिलो गोल गरेका डेविड एलाबासँग खुसी साट्दै अन्य खेलाडीहरू । तस्बिर: एएफपी

म्याड्रिड — रियल म्याड्रिडले नयाँ स्वरूपको एल क्लासिकोमा आइतबार बार्सिलोनालाई उसकै घरमा २–१ ले हराएको छ । यो जितपछि रियलले २० अंकसहित शीर्षस्थान कब्जा गरेको छ ।

लिग तालिकामा २० अंकमा रियलसँगै सेभिया र रियल सोसिडाड गरेर तीन टिम रहेका छन् । रियल गोल अन्तरले अगाडि रहेको हो । हारले रोनाल्ड कोम्यानको बार्सिलोना भने आठौं स्थानमा रह्यो । खराब समयबाट गुज्रिरहेको बार्सिलोनाको १५ अंक छ । यसले बार्सिलोनामा कोम्यानको भविष्य पनि धेरै नहुने बलियो संकेत गरेको छ । हारले बार्सिलोना प्रशिक्षक कोम्यानमाथि दबाब अझ बढेको छ र उनी बर्खास्तीमा पर्ने सम्भावना अझ बढेको छ ।

Vivo Y28

लियोनल मेसी र सर्जियो रामोसबिनाको पहिलो एल क्लासिकोमा रियलका लागि डाविड एलाबाले पहिलो गोल गरे र यो उत्कृष्ट गोल रह्यो । इन्ज्युरी समयमा लुकास भजाक्वेजले दोस्रो गोल थपे । खेलको अन्तिम प्रहारका रूपमा सर्जियो एगुरोले बार्सिलोनाका लागि एक गोल फर्काए । तर त्यति बेलासम्म निकै ढिला भइसकेको थियो ।

यसअघि यस्तै अर्को खेलमा सेभिया लेभान्टेलाई ५–३ पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो । आठ गोलको रोमाञ्चक प्रतिस्पर्धामा प्राप्त जितपछि सेभियाको पनि ९ खेलबाट २० अंक भएको छ । लेभान्टे भने पुछारबाट दोस्रो स्थानमा छ र उसको ५ अंक मात्र भएको छ । सेभियाका तर्फबाट ओलिभर टोरेस, राफा मिर, डिएगो कार्लोस, मुनिर हडाडी र फेर्नान्डोले एक–एक गोल गरे । लेभान्टेका लागि जोसे लुइसले दुई गोल गरे ।

यस्तै एथलेटिको बिलबाओले भिल्लारियललाई २–१ ले हरायो र अंक तालिकाको सातौं स्थानमा उक्लिन सफल रह्यो । बिलबाओको ९ खेलबाट १६ अंक भएको छ । भिल्लारियल भने १३ औं स्थानमा ११ अंकसहित संघर्षरत छ । बिलबाओका लागि इकेर मुनियनले ७७ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र तीन पूरा अंक दिलाए । राउल गार्सियाले बिलबाओका लागि पहिलो गोल गरेपछि फ्रान्सिस कोक्वेलिनले बराबरी गोल फर्काए । Source:- ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।