२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

लुम्बिनी — रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

 

Vivo Y28

 

सीताले जन्म दिइएकी चार शिशुहरू । तस्बिर : पद्मा खनालको फेसबुकबाट साभार ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

उनका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।- ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।