सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाकाे धरान उपमहानगरपालिका – १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो ।
‘डिभोर्स’ भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ ।
कोठामा आएर इच्छाविपरित शारीरिक सम्पर्क गरेको भनी महिलाको छिमेकीबाट प्रहरीमा आएको खबरका आधारमा थापालाई पक्राउ परेका गरिएको प्रहरीको भनाइ छ ।
थापामाथि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ