भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।]
ओमसतिया गाउँपालिका-४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
उक्त बलेरोका चालक ओमसतिया-५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ।
बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जालगायत छन्। गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ।
प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो।
भन्सार चोरी पैठारीमाथि आक्रामक कारबाही भइरहेको केसीले बताए।- Setoptai