काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ संक्रमित थपिएका छन् ।
दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ । एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको हो ।
देशभर ११ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ ।देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको छ ।