काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५२ को पिसीआर र एक हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३५६ पुगेको छ । निको हुनेदर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १७७, संस्थागत आइसोलेशनमा चार, आइसीयूमा दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् ।